एमालेमा निशर्तरुपमा फर्कन चहान्छौः किसान श्रेष्ठ

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १९

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किने तयारी गरेका नेता किसान श्रेष्ठले आफूहरुलाई कुनै पद नचाहिएको बताएका छन् । आफूहरु निशर्तरुपमा मूलघर फर्किन लागेको उनको भनाइ छ ।

बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले एमाले प्रवेश नभएर मुलघर फर्किन लागेको फर्किन लागेका हुन् । उनले भने, ‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मुलघर एमालेमा फर्किन लागेका छौं । मुलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौं ।’

श्रेष्ठले आफूहरु कुनै पदको लागि शर्त नराखेको प्रष्ट पारे । उनले थपे, ‘हामीलाई मुलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं । हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस् ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले