तनहुँमा प्रत्येक हप्ताकोलागि दैनिक ४० को संख्यामा राहदानीको टोकन खोलिने

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २०

तनहुँमा प्रत्येक हप्ताकोलागि दैनिक ४० को संख्यामा विद्युतिय राहदानीको टोकन खोलिने भएको छ । विद्युतिय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग भएको सम्झौता अनुसार आगामी २०८२ फाल्गुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने हुँदा अर्को सूचना नभए सम्मको उक्त प्रणाली लागु गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । राहदानी आपुर्ती सहज नहुँदा सम्म अति आवश्यक पर्ने सेवाग्राहीहरुले मात्र राहदानीका लागि आवेदन गर्नुहुन भनी राहदानी विभागले अनुरोध गरेको छ ।

गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालयमा भएको तोडफोड र आगजनीका कारण राहदानी शाखामा भएका विद्युतिय राहदानी सेवा सम्बन्धी सम्पूर्ण मेसिनरी उपकरणहरु पूर्ण रुपमा क्षति भई सेवा अवरुद्ध भएको अवस्थामा हाल राहदानी विभागबाट १ वटा मात्र स्टेसन प्राप्त भएको र सोही १ वटा स्टेसन मार्फत सेवा प्रवाह भईरहेको प्रशासन कार्यालयले जनाएको छ ।

सेवाग्राहीको चाप उच्च रहेको र विद्युतिय राहदानीको लागि आवेदन प्रविष्टी, प्रमाणित र वितरणको लागि एक वटा मात्र स्टेसन भएकाले अर्को सूचना जारी नभए सम्म भोली मिति कार्तिक २१ गते विहान १०ः३० बजे (प्रत्येक शुक्रबार) देखि प्रत्येक हप्ताका लागि दैनिक ४० (चालिस) को संख्यामा आवेदन टोकन खोलिने प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

साथै राहदानीको विषयमा अनधिकृत व्यक्तिको भर नपर्नुहुन र त्यस्ता व्यक्तिहरुबाट हुन सक्ने ठगीबाट सावधान रहनुहुन पनि प्रशासनले अनुरोध गरेको छ । राहदानी सम्बन्धी कुनै जिज्ञासा, समस्या र गुनासो भएमा सहायक प्रमुख जिल्ला अधिकारी एवं सुचना अधिकारीको सम्पर्क नम्बर ९८५६००११११ र राहदानी शाखाको सम्पर्क नम्बर ९८४६७४३२४६ मा कार्यालय समय भित्र सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय