एमाले फर्किने तयारीमा रहेका रामकुमारी झाँक्री र किसान श्रेष्ठले ओलीलाई भेटे

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक २०

नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमत भई बिद्रोह गरेका नेकपा (एस) तत्कालिन नेताहरु रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमाले फर्किने निश्चित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटघाट पछि उनीहरुको एमाले फर्किने निश्चित भएको हो ।

एमाले नेता महेश बस्नेतले झाँक्रीसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने तय भएको दाबी गरे । कार्तिक २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर फर्किन लागेको बताए । उनीहरु राति १० बजे गुण्डु गएर विहान २ बजे फर्किएका थिए ।

भेटमा आफूहरू एमालेमा फर्किन लागेको जानकारी ओलीलाई गराएको श्रेष्ठले बताए । उनले ओलीले पनि एमाले घर भएको बताउँदै फर्किन आग्रह गरेको बताए । ‘तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस् भनेर ओलीले भन्नुभयो,’ भेटपछि श्रेष्ठले भने, ‘घर फर्कने अभियान चलेको छ, कात्तिक २४ गते कार्यक्रम आयोजना हुनेछ, हामी बढीभन्दा बढी एमालेमा फर्किन्छौँ ।’

उनीहरूसँगै पोलिटब्युरो सदस्य पिताम्बर भण्डारी, नवराज पौडेल, अर्जुन राईसहित नेताहरू गुण्डु पुगेका पुगेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादीसहित १० वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू एमाले फर्किन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय