शुक्लागन्डकीमा राप्रपाको भेला, अध्यक्षमा ऋतु भुवाई

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २५

राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकीले मंगलबार दुलेगौंडामा कार्यकर्ता भेलाको आयोजना गरेको छ । वर्तमान अवस्थामा राप्रपाको भूमिका र दायित्व विषयमा उक्त आम भेला आयोजना गरिएको नगर कार्यसमितिका सचिव उपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

दुलेगौंडास्थित नेवार समाज हलमा विहान ११ बजे कार्यक्रम हुनुपूर्व वन्केवाचोकदेखि ¥याली निकालिएको थियो । भेलालाई केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा प्रशिक्षण विभागकी उपाध्यक्ष खुस्बु ओली र गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, जिल्ला अध्यक्ष बिनोद घर्ती लगायतले सम्बोधन गरेका थिए ।

उक्त भेला एवं नगर अधिवेशनले ऋतु भुवाईको अध्यक्षतामा नगर कार्य समिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा बालाराम पाण्डे, पुजा लामा र हरिश्चन्द्र महत, सचिवमा उपेन्द्रलाल श्रेष्ठ, सहसचिवमा केशवराज पौडेल र कोषाध्यक्षमा सरोज लम्साललाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा नेत्रबहादुर कार्की, मिनकुमारी बिक, विक्रम खाँड ठकुरी, तुलसी पौडेल, सूर्य पौडेल, जङ्गबहादुर गोदार, दिननाथ भण्डारी, शरद थापा र पल शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो