शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्वारा कृषि उपज संकलन केन्द्र सन्चालन गर्न दिन माग

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २५

शुक्लागण्डकी नगरपालिकाले निर्माण गरेको कृषि उपज संकलन तथा विक्रि केन्द्र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले सञ्चालन गर्न तयार रहेको जनाएको छ । सोमवार नगर प्रमुख कृष्णराज पण्डितलाई केन्द्र सञ्चालनकोलागि आशय पत्र पेश गर्दै गत कार्तिक १९ गतेको संघको बैठले नगरले अनुमति प्रदान गरेमा नगरपालिकाकासँगको समन्वयमा कृृषि उपज संकलन केन्द्र व्यवस्थापन र सञ्चालन गर्न तयार रहेको जनाएको हो ।

संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले स्थानीय उत्पादनहरुको उचित व्यवस्थापन तथा बजारिकरणकालागि निर्माण गरिएको सो केन्द्र हालसम्म पनि सञ्चालनमा नआएकाले चाडो सञ्चालन गर्नुपर्ने आवाज उठिरहेकाबेला आफूहरु सञ्चालन र व्यवस्थापनकोलागि तयार रहेको प्रष्ट पारेको हो । श्रेष्ठले स्थानीय उत्पादनको बजारिकरणकालागि संघको पनि दायित्व रहेको हुदा नगरसँग सहकार्य गरि अघि बढ्न तयार रहेको सुनाए ।

नगर प्रमुख कृष्णराज पण्डितले कानुनी प्रक्रिया पु¥याएर कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनको जिम्मा दिन तयार रहेको बताए । हामीले केन्द्र सञ्चालनकालागि आह्रान ग¥यौं, तर आउनु भएन, एउटा परेको छ, तर पुरा छैन । उनले भने, चालु आर्थिक वर्षमा बजेट छुट्याइएको छ । थप पूर्वाधार बनाएर हामी अघि बढ्दै छौं । उनले कार्यविधि बनाएर अघि बढ्ने जानकारी दिए । कार्यक्रममा संघका पदाधिकारी, सदस्य, महिला उद्यमी, वडा व्यवस्थापन समिति लगायतको सहभागिता रहेको महासचिव सुजन श्रेष्ठले जानकारी दिए ।

शुनपा–५ बेलचौतारास्थित पृथ्वीराजमार्गको छेृमा रहेको केन्द्र निर्माणकोलागि २ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । तत्कालिन नगर प्रमुख किसान गुरुङको कार्यकाल आर्थिक बर्ष २०७७/७८ को बजेटबाट टेन्डर आह्वान गरि केन्द्र निर्माण गरिएको थियो ।

यसैगरि शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले घुमन्ते पोके व्यापारीलाई नियन्त्रण गर्न आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमा विना दर्ता कुनै पनि कर र शुल्क नतिरि सडक छेउछाउ र टोल टोलमा पुग्ने घुमन्ते पोके व्यापारीलाई नगर प्रहरी खटाएर नियन्त्रणमा लिन आग्रह गरेको छ ।

उद्योगी व्यवसायीहरुबाट अत्याधिक गुनासो आएको र संघसँग आवद्ध व्यवसाीहरुको हक तिको लागि कार्यहरु गर्नुपर्ने र उपभोक्ताको पनि हित संरक्षण गर्नुपर्ने दायित्व रहेको संघले निकालेको ध्यानाकर्षणपत्रमा जनार्यएको छ । यस अभियानमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघसँग सहकार्य गरि नगर प्रहरी खटाई सहयोग गरिदिन संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार