पवित्रा माविलाई बन्दीपुरको राष्ट्रपति रनिङ शिल्ड उपाधी

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २७

बन्दीपुर गाउँपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८२ को उपाधी वडा नम्बर १ स्थित पवित्रा माविले उचालेको छ । मंगलबारदेखी आयोजित उक्त प्रतियोगितामा पवित्रा माविले १६ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै भानु माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ९ कास्य पदकसहित द्वित्तीय स्थान प्राप्त गर्न सफल भयो भने मनास्लु बोर्डिङ स्कुलले ४ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तृतीय स्थान हासिल गरेको छ ।

प्रतियोगितामा भलिबल (छात्र–छात्रा) सहित एथलेटिक्सका विभिन्न स्पर्धाहरु १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० र ४×४०० मिटर रिले, साथै फिल्ड इभेन्ट्स हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुटमा प्रतिस्पर्धा गरिएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले विद्यार्थीहरूमा विकास भएको आत्मविश्वास, अनुशासन, नेतृत्व र खेलभावनाले भविष्यमा बन्दीपुरलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी, वडा नम्बर १ का अध्यक्ष एवं प्रवक्ता शिवकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष परमेश्वर भट्टराई, शिक्षा शाखाका प्रमुख भिम लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता