उद्यमशील सहकारीको छैठौं वार्षिकोत्सवमा छाव्दी वाराही मन्दिरमा डिजिटल घडी

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २७

व्यास नपा–२ दमौलीस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाद्वारा आफ्नो स्थापनाको छौठौं बार्षिकोत्सवको दिन विहिबार तनहुँको प्रख्यात छाव्दी वाराही मन्दिर परिसरमा विद्युतीय घडी जडान गरेको छ ।

सहकारी संस्थाको ६औं बार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष ईन्द्रलाल श्रेष्ठ (विकल्प) ले विहिबार एक कार्यक्रमको आयोजना गरी छाव्दि वाराही विकास कोषका अध्यक्ष थान बहादुर थापा (प्रेम) लाई डिजिटल घडी जडान गरिएको हो । विद्युतबाट सन्चालन हुने उक्त घडीमा समय, दिन र तापक्रमको बारेमा समेत जानकारी लिन सकिन्छ ।

छाव्दी बाराही मन्दिरमा आउने भक्तजनलाई समयको बारेमा सहजै जानकारी पु¥याउने हेतुले घडि जडान गरिएको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले बताए । नीति, विधि र प्रविधिको भरपुर प्रयोग गरी संचालन गरिएको उद्यमशील सहकारीले सामाजिक उत्तरदायित्व वहनका कार्यसमेत गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सहकारीबाट प्रदान गरिएको घडी सोही दिन छाव्दी बाराही विकास कोषको मुल गेटमा सबै भक्तजनले देख्ने गरी राख्ने प्रवन्ध समेत गरिएको विकास कोषले जनाएको छ ।

कोषका अध्यक्ष थापाले मन्दिरमा भक्तजनलाई सहजता पु¥याउन डिजिटल घडि उपलव्ध हुनु सुखद् भएको बताए । मन्दिरको विकासमा पछिल्लो समय मुठिदान बढ्दै जानु सकारात्मक भएको समेत अध्यक्ष थापाको भनाई छ । घडि हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ