आदिकवि क्याम्पसमा युवा रेडक्रस सर्कल छात्रबृत्ती कोष स्थापना

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ३

दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा एक लाख रुपैयाँ राशीको युवा रेडक्रस सर्कल छात्रवृत्ति अक्षय कोष–२०८२ स्थापना गरिएको छ । क्याम्पसको युवा रेडक्रस सर्कलले न्युन आय भएका विद्यार्थीहरूलाई अध्ययनमा छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले उक्त अक्षय कोषको स्थापना गरेको हो । उक्त अक्षयकोषको एक लाख रुपैयाँ ६५ हजार युवा रेडक्रस सर्कलका विद्यार्थीहरूले जम्मा गरेका थिए भने ३५ हजार रुपैयाँ क्याम्पसले थपिदिने छ ।

अक्षय कोष घोषणा कार्यक्रम बुधबार बिहान क्याम्पस हलमा सम्पन्न भयो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले र युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन खड्काले छात्रबृत्ती कोष स्थापना सम्बन्धी पत्रमा हस्तारक्षर गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले गरिब तथा जेहनदार विद्यार्थीहरूको नियमित अध्ययनमा टेवा पु¥याउने उद्देश्यले सर्कलले सङ्कलन गरेको रकमबाट अक्षय कोषको स्थापना हुनुले विद्यार्थीहरूको क्याम्पसप्रतिको सद्भावलाई उजागर गरेको बताए । मानवीय सहयोग सेवामा जुटेका विद्यार्थीहरूले कक्षाकोष स्थापना गरेर विद्यार्थी समाजले सधैँ सम्झिरहने ऐतिहासिक कार्य गरेको उनले बताए ।

क्याम्पस प्रमुख महाप्रसाद हाड्खलेले मानवीय सेवामा सधैँ जुटीरहने सर्कलका विद्यार्थीहरुले क्याम्पसमा अध्ययन गर्ने आर्थिक रूपमा कमजोर आय भएका परिवारका विद्यार्थीहरूको लागि अक्षय कोषको स्थापना गरेर अबको दिनदेखि सर्कल विद्यार्थीहरूको साथी बनेकामा सर्कलका पदाधिकारी सदस्य विद्यार्थीहरू सदा धन्यवादका पात्र रहेको बताए ।

युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल युवा रेडक्रस सोसाईटी तनहुँका उपसभापति नारायणी अधिकारी, नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला जुनियर/युवा समितिका प्रमुख तथा सहायक क्याम्पस प्रमुख विमल गिरी, स्ववियु अध्यक्ष अनुप आले मगरले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत सर्कलका कोषाध्यक्ष रोशन ओझाले गरेका थिए भने सञ्चालन सचिव मौसमी थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र