तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् तनहुँको अध्यक्षमा देवबहादुर

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ७

तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद तनहुँको १६ औं बार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन शनिबार आँबुखैरेनीमा सम्पन्न भएको छ । समितीका अध्यक्ष देव बहादुर तमुको सभापतित्व तथा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष धनिमान तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिवेशनले आगामी ३ वर्षको लागि नयाँ कार्य समिती चयन गरेको छ ।

अधिवेशनबाट देवबहादुर तमुको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ । समितीको उपाध्यक्षद्वयमा मनराज तमु र आशादेवी तमुस्यो, सचिवमा श्रवण कुमार तमु, सहसचिवमा भुवनसिंह तमु, प्रचार प्रसार सचिवमा कुमार काजी तमु, कोषाध्यक्षमा रणबहादुर तमु, सह– कोषाध्यक्षमा प्रतिमा तमुस्यो चयन भएका छन् । यसैगरी, समितीको सदस्यहरुमा लिलबहादुर तमु, होमबहादुर तमु, कृष्ण कुमारी तमुस्यो, ढकल तमु, टार्जन तमु, कुल प्रसाद तमु, दुर्गाबहादुर तमु, रेशमबहादुर तमु, श्रीकृष्ण तमु, दुर्गा लाल तमु रहेका छन ।

अधिवेशनको उद्घाटन सत्रमा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष धनिमान तमु, उपाध्यक्षद्वय श्रीप्रसाद तमु, मनोज तमु, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेका अध्यक्ष जितबहादुर तमु, केन्द्रिय सचिवालय सदस्य रगबहादुर तमु, गण्डकी प्रदेका बरिष्ठ उपाध्यक्ष जीवन गुरुङ्ग, तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सल्लाहकार गंगादेवी तमु, भुवन सिंह तमु, तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला महासचिव मिन बहादुर तमु, तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद आँबुखैरेनीका अध्यक्ष पूर्णबहादुर तमु, खेगी गुरु पृथ तमु, दिपक कोके तमु लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा तमु विद्यार्थी संघका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय