भिमादमा बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ७

बाल अधिकार संरक्षण तथा सम्बर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण गर्ने उद्देश्यले भिमाद नगरपालिकाको समन्वय तथा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा भिमाद नगरपालिकामा ‘बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण कार्यशाला गोष्ठी’ आइतबार सम्पन्न भएको छ ।

बालबालिका सम्बन्धी ऐन, २०७५ ले स्थानीय तहलाई तोकेको दायित्वअनुसार बाल अधिकार संरक्षण, बाल कल्याण, बाल क्लब परिचालन, वैकल्पिक हेरचाह, बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा बाल विवाह–बाल श्रममुक्त नगर निर्माणका लागि आवश्यक एकीकृत कार्यविधि निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस गोष्ठीले कार्यविधि तर्जुमा गर्नमा महत्वपूर्ण मार्गदर्शन र स्पष्टता प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

भिमाद नगरपालिकाकाका नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरू, विषयगत समितिका संयोजक/सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, वडा सचिवहरु, विद्यालयका प्रधानाध्यापकहरु, बाल क्लब प्रतिनिधि र बालबालिकाको क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

शनिबारदेखी सन्चालित उक्त कार्यक्रममा गन्डकी प्रदेशका बाल कल्याण प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय