जलेश्वर मन्दिरमा आयोजित महायज्ञमा १६ लाख बढी दान संकलन

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ११

व्यास नगरपालिका–१ रतौली स्थित जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा आजसम्म १६ लाख बढी दान संकलन भएको छ । मन्दिरमा बहुउद्वेश्यीय धर्मशाला,होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्वेश्यले यही मंसिर ६ गतेदेखि महायज्ञमा सुरु भएको हो ।

बिहीबारसम्म रु.१६ लाख २७ हजार ७६२ दान सहयोग प्राप्त भएको छ भने आज मात्रै ६ लाख ९१ हजार ७९६ संकलन भएको आयोजक समितिले जनाएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न पितृ मोक्ष धनधान्याञ्चल श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव सार्वजनिक संगीतमय कार्यक्रमको आयोजना गरिएको हो ।

बिहीबार सबै भन्दा बढी सोही वडा स्थित सिर्जना आमा समुहले रु.१ लाख ११ हजार १११ दान सहयोग गरेको रतौली टोल विकास संस्थाका अध्यक्ष एवं महायज्ञ संयोजक अभिमानसिं बस्नेतले जानकारी दिए ।

धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि रतौली टोल विकास संस्थाको आयोजना तथा सृजना आमा समुह र जलेश्वर मन्दिर संरक्षण समिति सहआयोजक रहेका छन् । महायज्ञबाट प्राप्त दानबाट एकसय जनासम्म क्षमताको भक्तजनलाई राख्न सकिने सुविधा सम्पन्न बहुउद्वेश्यीय धर्मशाला निर्माण गर्ने योजना रहेको रहेको छ ।

उक्त महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा वाचन गरेका छन् । महायज्ञमा कथा वाचनका साथै राष्ट्रिय कलाकारहरुो बेजोड प्रस्तुती नाटक र भजनकीर्तन कार्यक्रम रहेको छ । प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही,बेदव्यास लगायतका धार्मिक पर्यटकीय क्षेत्रमा घुम्न आएका धर्मावलम्वीलाई खाना र बस्न समस्या भएको अवस्थामा धर्मशालामा राख्ने व्यवस्था मिलाइने प्रचारप्रसार समितिका संयोजक दीपक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र