पवित्रा माविको अध्यक्षमा डिल बहादुर राना चयन

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २१

बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति सर्वसम्मतरूपमा चयन भएको छ । समितिको अध्यक्षमा डिल बहादुर राना ‘विजय’ चयन भएका छन् भने सदस्यहरूमा निलकण्ठ मिश्र, शुक्र कुमार श्रेष्ठ, कृष्ण सिंह ठकुरी, तुलसी गान्धारी र सञ्जु शर्मा रहेका छन् ।

नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन हुनु विद्यालयमा सहकार्य र एकतापूर्ण वातावरणको संकेत मानिएको बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । नव–निर्वाचित अध्यक्ष डिल बहादुर राना (विजय) सहित सम्पूर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै अध्यक्ष श्रेष्ठले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

विद्यालयको शैक्षिक उन्नति, भौतिक पूर्वाधार, र विद्यार्थी हितमा नयाँ समितिको नेतृत्वले उल्लेखनीय काम गर्ने अपेक्षा गरिएको विद्यालयका प्रअ विष्णुप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती