घिरिङको टोल–टोलमा नसर्ने रोगको पहिचान तथा खोजपड्ताल कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २१

घिरिङ गाउँपालिकाको आयोजनामा टोल–टोलमा नसर्ने रोगको पहिचान तथा खोजपड्ताल शिविर वडा नम्बर ३ को नेवापानी टोलमा आइतबार सम्पन्न भयो । उक्त शिविरमा रक्तचाप परिक्षण, मधुमेह परिक्षण तथा मृगौला सम्बन्धी रोगको परिक्षण गरिएको थियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाले स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको बताए । यस किसिमको स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेकोमा अव भने टोल–टोलमै शिविर सन्चालन हुने अध्यक्ष थापाले बताए । खोजपड्ताल सम्बन्धी सेवा सबै वडा र टोलमा क्रमशः सन्चालन गरिने अध्यक्ष थापाले बताए । सबै सेवाग्राही स्वास्थ्य संस्थासम्म आउन नसक्ने भएकोले टोलमै आएर सेवा उपलब्ध गराईएको भन्दै अध्यक्ष थापाले शिविरबाट सबै नागरिकले लाभ लिनुपर्ने बताए ।

व्डा नम्बर ३ का वडा सदस्य लोकबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मीहरु जनस्वास्थ्य निरिक्षक प्रितम थापा, ल्याब असिस्टेन्ट प्रकाश श्रेष्ठ, अहेव गोपाल विक तथा अनमी निशा कुमारीले नागरिकको रक्तचाप परिक्षण, मधुमेह परिक्षण र मृगौला सम्बन्धी रोगको परिक्षण गरेका थिए । कार्यक्रमको सन्चालन घिरिङ स्वास्थ्य चौकीका प्रमुख प्रितम थापाले गरेका थिए ।

सो शिविरमा २६ पुरुष र ३५ महिला सहित ६१ जनाले सेवा लिएका थिए । परिक्षण गरेका मध्ये २ जनालाई थप परिक्षणकोलागि रेफर गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक