काँग्रेसबाट यसपटक आफुले मौका पाउनुपर्ने युवा नेता रेशम गुरुङको माग

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २१

नेपाली कांग्रेस तनहुँका पुर्व कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधि युवा नेता रेशम गुरुङले यसपटकको निर्वाचन तनहुँ क्षेत्र नम्बर १ मा आफुले मौका पाउनुपर्ने दाबी गरेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको निकट भएर काम गरेका गुरुङ पौडेललाई हरेक निर्वाचन जिताउन निकै लागिपर्ने नेता मध्येका एक हुन् ।

हालसम्म कुनै पनि लाभको पदमा नरहेका गुरुङ यसपटक आफुले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदबार बन्न पाउनुपर्ने माग गरेका छन् । क्षेत्र नम्बर १ मा गुरुङ समुदायको बाहुल्यता रहेको भन्दै उनले हालसम्मका सबै राजनीतिक आन्दोलनमा गुरुङहरुको महत्वपुर्ण भुमिका रहेको बताए । अन्य पार्टीहरुले गुरुङ समुदायका व्यक्तिलाई उम्मेदबार बनाईरहँदा नेपाली काँग्रेसले भने गुरुङ समुदायको अगुवालाई हालसम्म मौका नदिएको भन्दै रेशमले यसपटक आफुले मौका पाउनुपर्ने बताए ।

जेनजी आन्दोलनको भावना पनि पुरानाहरुको सट्टमा नयाँले मौका पाउनुपर्छ भन्ने रहेको भन्दै उनले सबैको भावना अनुसार यसपटक नयाँले पालो पाउनुपर्ने बताएका हुन् । उनले आफु निर्वाचनको तयारीमा लागिसकेको बताए । २०७४ र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बन्दीपुर गाउँपालिकाको अध्यक्ष तथा २०७९ मा प्रदेश सभामा उम्मेदबार बन्न चाहेपनि पार्टीका नेताहरुको अनुरोधमा आफ्नो दाबी त्यागेको भन्दै उनले यसपटक भने दाबी नछाड्ने बताए ।

गुरुङले कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर तत्कालिन वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको दौडबाट पछि हटेपछि गुरुङले पनि पौडेललाई साथ दिदै चुनावी प्रतिस्पर्धामा गएनन् । राष्ट्रपति रामचन्द्र पौडेल तथा काँग्रेसका शिर्ष नेताहरुसँग राम्रो सम्बन्ध बनाएपनि गुरुङ कुनैपनि गुटको राजनीतिबाट भने अलग रहेका छन् । आफु सबै शिर्ष नेताहरुलाई सम्मान गर्ने भएको कारण कुनै एक नेताको गुटमा लागेर राजनीति नगरेको उनले बताए । गुरुङको सभापती शेरबहादुर देउवा र उनकी पत्नि आरजु देउवासँग पनि निकट सम्बन्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण