चन्द्रावती माविमा विव्यस र शिक्षक अभिभावक संघ गठन

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २२

भानु नपा–७ मा टुहुरेपसलमा रहेको चन्द्रावती माविमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोमबार विद्यालयमा भएको अभिभावक भेलाले उक्त दुबै समिति गठन गरेको विद्यालयका प्रअ प्रेमनाथ ढकालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चोपबहादुर खत्री तथा सदस्यहरुमा सरला खड्का अधिकारी, उषा गोदार, कृष्णचन्द्र भण्डारी, प्रतिक्षा रानाभाट, एकमाया आले, वडा प्रतिनिधि सन्तबहादुर थापा, शिक्षक प्रतिनिधि सन्जिव रिजाल र सदस्य सचिव विद्यालयका प्रअ प्रेमनाथ ढकाल रहेका छन् ।

त्यसैगरि शिक्षक अभिभावक संघको अध्यक्षमा सोचना खनाल तथा सदस्यहरुमा अनिता श्रेष्ठ, सुमित्रा परियार, जानकी खड्गी, नमुना श्रेष्ठ, भवानी परियार, झरना अधिकारी, कुमारी शाही, शिक्षक प्रतिनिधि सोविता खड्का, पदेन सदस्य विद्यालयका प्रअ प्रेमनाथ ढकाल र सदस्य सचिव रञ्जना श्रेष्ठ रहेका छन् ।

उक्त विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयको समग्र भौतिक, शैक्षिक, प्रशासनीक तथा समग्र पक्षको उन्नतीमा महत्वपुर्ण भुमिका निर्वाहा गर्ने अपेक्षा गरिएको विद्यालयका प्रअ ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका