फागुन २० गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले मतदान गर्न पाउने

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर २२

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गरेका र २० फागुनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत हाल्न पाउने जनाएको छ । निर्वाचन आयोगको २० मंसिरको निर्णय अनुसार यस्तो व्यवस्था मिलाएको हो ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी मिति २०८२/८/५ सम्म देशभरबाट संकलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मिति २०८२/८/२० मा निर्णय भएको छ,’ आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भएपछि २६ मंसिरसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सकिनेछ ।

आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन आयोगले आम मतदाताको सहजता तथा सुविधाको लागि विभिन्न मतदान स्थलहरू पुनरावलोकन गरेको जनाएको छ । पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भईरहेको मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रममा यही मंसिर २६ गते भित्र नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने, दावी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सक्ने सुविधा समेत रहेको जनाएको छ ।

यदि कुनै मतदाताले सम्बन्धित वडा भित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालय गई वा आयोगको वेवसाइट मार्फत अनलाइन निवेदन दिनुहुन पनि आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय