काँग्रेस तनहुँमा प्रतिनिधिसभाको आकांक्षी ३१ जना, राष्ट्रिय सभामा जान ७ जनाको इच्छा

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २२

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेपाली काँग्रेस तनहुँले उम्मेदबारका आकांक्षीहरुको नाम संकलन गरेको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटिले प्रतक्ष्य र समानुपातिक तर्फ तथा राष्ट्रिय सभामा उम्मेदबार बन्न चाहानेहरुको नाम जिल्ला कार्य समितिले संकलन गरेको हो ।

तनहुँमा दुबै निर्वाचन क्षेत्रीय कमिटिले प्रत्यक्ष र समानुपातिक दुबै तर्फका उम्मेदबारहरुको नाम संकलन गरेकोमा ३१ ज्नाले उम्मेदबार बन्ने इच्छा देखाएका छन् । क्षेत्र नम्बर १ मा प्रतक्ष्य तर्फ १२ जना र समानुपातिक तर्फ १२ जना तथा क्षेत्र नम्बर २ मा प्रतक्ष्य तर्फ ५ जना र समानुपातिक तर्फ २ जनाले उम्मेदबारको रुपमा आकांक्षा प्रस्तुत गरेका छन् । त्यस्तै राष्ट्रिय सभाको सांसद बन्न ७ जनाले इच्छा देखाएका छन् । राष्ट्रिय सभाको उम्मेदबार बन्न चाहानेले मंसिर २४ गतेसम्म नाम टिपाउन सक्ने समयावधि रहेको हुँदा उक्त संख्या बढ्न सक्ने नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा उम्मेबार बन्न इच्छुकहरुले पाँच हजार रुपैयाँ शुल्क तिरेर फारम भर्न पाउने व्यवस्था गरिएको थियो ।

क्षेत्र नम्बर १ मा प्रतक्ष्य तर्फ उम्मेदबार बन्न चाहानेहरुमा केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराई, रेशम गुरुङ, डा.जगदिशचन्द्र पोख्रेल, उदयराज गौली, उद्धव पौडेल, दिपक भट्टराई, सरिता गुरुङ, रामचन्द्र पोख्रेल, श्याम मौराती र पुरुषोत्तम खनाल र सरकारी शिक्षक रमेशबाबु भट्टराई रहेका छन् । त्यसैगरि समानुपातिक तर्फ पबित्रा पौडेल, चिनु पोख्रेल, यमुना बिक, हरिदत्त पौडेल, ओझराज पौडेल, डोवाटे बिक, प्रकाश पन्थ, गोविन्द ढकाल, समुन्द्र गोदार, साहिदा खातुन, चिजा श्रेष्ठ र एलिजा ढकालले आकांक्षा प्रस्तुत गरेका छन् । त्यसैगरि क्षेत्र नम्बरमा २ जना प्रतक्ष्यतर्फ केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र प्रदिप पौडेल पनि रहेका छन् । त्यसैगरि चुडामणी खनाल, चाम थापा र पुष्प पराजुली तथा समानुपातिक तर्फ माया राना र इन्दिरा खनालले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् ।

त्यस्तै राष्ट्रिय सभाको उम्बेदबार बन्न सोमबार कुलचन्द्र वाग्ले, अर्जुन अधिकारी, लक्ष्मी आचार्य, डा.कृष्णप्रसाद गौतम, रघुनाथ पौडेल, विद्या खनाल र ध्र्रुव वाग्लेले इच्चा जाहेर गरेका छन् ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्रीय समितिले उम्मेदबारका आकांक्षीहरु विच छलफल गराई जिल्ला कार्यसमितिलाई आकांक्षीहरुको नाम सिफारिस गर्नेछ भने जिल्ला कार्य समितिले प्रदेश समिति र प्रदेशले केन्द्रीय समितिमा नाम सिफारिस गरि केन्द्रीय समितिले उम्मेदबार चयन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय