व्यास नगरपालिकाद्वारा गुनासो व्यवस्थापन समिति गठन

Devghat Online

शेयर गरौ

कभर्ड हल जिल्ला खेलकुँद विकास समितिलाई सन्चालनको जिम्मेबारी

तनहुँ । मंसिर २२

व्यास नगरपालिकाले गुनासो व्यवस्थापन समिति गठन गरेको छ । सोमबार सम्पन्न २२७ औं नगर कार्यपालिकाको बैठकले नगरपालिका अन्तर्गत विभिन्न विषयहरूमा आउने गुनासाहरूको सुनवाई एवं व्यवस्थापन गर्न नगर प्रमुखको संयोजकत्वमा ५ सदस्यीय स्थानीय गुनासो व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले आर्थिक वर्ष २०८२/०८३ मा निर्धारित निर्माण सम्पन्न एवं निर्माणाधिन योजनाहरुको भुक्तानीका लागि सम्बन्धीत शिर्षकमा स्रोत अभाव भएमा अन्य आय प्राप्त शीर्षकबाट पछि शोध भनी हुने गरी भुक्तानी गर्ने र अनुमोदनका लागि आगामी नगरसभामा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै गरि आर्थिक वर्ष २०८२/०८३ का लागि निर्णय भएका नियमानुसार टेन्डर गर्नुपर्ने योजनाहरूको आगामी पुस ४ गते गतेभित्र टेन्डर प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको जनाईएको छ । त्यस्तै बैठकले आर्थिक वर्ष २०८२/०८३ मा गरिएका अनुमानित आयहरूको मूल्याकंन गरी आवश्यकता अनुसार आय अनुमानलाई यथार्थ परक संशोधन गरी स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्न सम्बन्धित समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिको निर्णयलाई मध्यनजर गरी आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित योजनाहरू संशोधन गरी आगामी नगरसभामा पेश गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिने निर्णय गरेको छ । आगामी नगरसभामा व्यास नगर आर्थिक कार्यविधि विधेयक, लगायतका विधेयक र पारित ऐनहरू संशोधन प्रस्ताव पेश गर्न विधेयक समितिलाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ अध्यक्ष शुरेश थापाले विज्ञप्ति प्रकाशित गरि जनाएका छन् ।

त्यस्तै बैठकले व्यास नपा–३ स्थित विपी वनवाटिका खेलमैदानमा निर्माण भएको कभर्डहल जिल्ला समन्वय समितिसँग समन्वय गरी गण्डकी प्रदेश खेलकुद समिति अन्तर्गतको जिल्ला खेलकुद समिति तनहुँ मार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको छ । गत मङ्सिर १८ र १९ गते भीमादमा सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिशिल्ड प्रतियोगितामा पुरस्कृत व्यास नगरपालिकाका सबै विद्यालयलाई हार्दिक बधाई ज्ञापन गर्दै पुरस्कृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाल आदिवासी जनजाती जिल्ला समिति तनहुँले आगामी पुस २४ गतेदेखी माघ ५ गतेसम्म गर्न लागेको आदिवासी जनजाती सांस्कृतिक एवं पर्यटन महोत्सव निर्माणाधिन व्यास नपा–३ स्थित खेल मैदान नबिग्रने र महोत्सववाटप्राप्त रकम मध्ये केहि रकम युवाहरुको खेलकुद विकासमा छुट्याउने गरि उक्त खेल मैदानमा अन्तिम पटक महोत्सव गर्न दिई अव आइन्दा वैकल्पीक स्थानमा मात्र महोत्सव गर्ने गरी अनुमती दिने निर्णय गरेको प्रवक्ता थापाले प्रकाशित गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय