मंसिर २५ र २६ गते अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड हुँदै

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

मंसिर २३ चितवन ।

संस्थागत विद्यालय संघ चितवनको आयोजनामा यही मंसिर २५ र २६ गते अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड हुने भएको छ ।

भरतपुर-१८ गुञ्जनगरमा हुने रनिङ्गशिल्डमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व मुख्य प्रशिक्षक कान्ति महतो लगायत एथलेटिक्सका अनुभवी प्रशिक्षकहरुको उपस्थितिमा एथलेटिक्स अन्तर्गत लङ्गजम्प, सटपुट, जाभ्लिन थ्रो,  टग अफ वार, दौड (१०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि.) र रिले(४x१००मि., ४x४००मि)  हुने र रनिङ्गशिल्डमा चितवनका १३ संस्थागत विद्यालयहरु बिच प्रतिस्पर्धा हुने छ ।

रनिङ्गशिल्डले संस्थागत विद्यालयहरुका बिच मित्रताको अवसर प्रदान गरी विभिन्न प्रतियोगिताको लागि योग्य खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको र सहभागि हुने विद्यालयहरुको नामावली  प्राप्त भईसकेको आयोजकको भनाई छ ।

रनिङ्गशिल्डको मिडिया पार्टनर  देवघाट अनलाईन डटकम र रेडियो साईनो, हेल्थ पार्टनर शारदा पोलिक्लिनिक, प्रिन्टिङ पार्टनर मिरर फोटो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय