मंसिर २७ गते पार्वतीपुरमा हुने रक्तदान कार्यक्रममा सहभागी हुन आह्वान

Devghat Online

शेयर गरौ

मंसिर २३ चितवन ।

भरतपुर-२१ पार्वतीपुरमा रहेको पार्वतीपुर बजार सामुदायिक संस्थाले यही मंसिर २७ गते एक बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्वतीपुर बजार सामुदायिक संस्थाको आयोजना, रक्तसञ्चार केन्द्र भरतपुरको सहयोग, प्रयास बचत तथा ऋण सहकारी संस्था लि. र सक्षम हेल्थ क्लिन सहआयोजनामा रक्तदान कार्यक्रममा हुन गइरहेको हो ।

सबै स्वस्थ्य नागरिकहरूलाई यो मानवीय कार्यमा सहभागी भई रक्तदान गर्न र अरूको जीवन बचाउन योगदान पुर्‍याउन आयोजकद्वारा आह्वान गरिएको छ ।

रक्तदान कार्यक्रम बिहान ९ बजेदेखि दिनको ३:३० बजे सम्म भरतपुर-२१ स्थित पार्वतीपुर बजारको प्रतिक्षालयमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय