भानुको कार्यपालिका बैठक वडा नम्बर ७ को कार्यालयमा

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २३

भानु नगरपालिका नगर कार्यपालिकाको आ.व.०८२/०८३ को पाँचौ बैठक भानु नपा–७ को वडा कार्यालयमा मंगलबार सम्पन्न भएको छ । बैठकमा प्रसिद्व थानीमाई मन्दीरको दर्शन, भक्तजनको गुनासो सुनुवाई, भानु स्वास्थ्य शाखाले उपलब्ध गराई रहेको थानीमाई दर्शनार्थीलाई निःशुल्क प्राथमिक उपचार सेवाको निरीक्षण समेत गरीएको थियो ।

कार्यपालिका बैठकले भानु नपा–७ मा रहेको प्रसिद्व धार्मिक थानीमाई मन्दिरमा भक्तजनहरूको आगमन बढ्न थालेको र विभिन्न पहूँच मार्गहरूको स्तरोन्नती हून नसक्दा स्थानीय र भक्तजनहरूले सास्ती भोग्नू परेको अवस्थामा संघ सरकार र प्रदेश सरकारले गरेको प्रतिवद्वता समयमा पूरा हून नसकेको अवस्था प्रति प्रदेश र संघ सरकारका सम्बधित मन्त्रालयमा ध्यानाकर्षण सहित आवश्यक बजेट विनियोजनको लागि विशेष पहल गर्ने निर्णय गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको