बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २८

म्याग्दे गाउँपालिका–६ मौरीभिर स्थित पृथ्वीराजमार्ग सडक–खण्डमा यात्रु बहाक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

दमौलीबाट खैरेनीटार तर्फ आउँदै गरेको ग १ ख ९४०६ नम्बरको बस र विपरित दिशा तर्फ जाँदै गरेको गन्डकी एएबी ०१८६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक स्याङ्जा पुतलीबजार नपा–७ भारकोट बस्ने बर्ष ५१ को लेश बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा घाईते भई उपचारको लागी जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा पठाएको उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको थियो । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय