म्याग्देमा निःशुल्क आँखा शिविर सन्चालन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २८

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालको आयोजना र म्याग्दे गाउँपालिकाको सहजिकरणमा यही पौष ३ गते थर्पु आधारभुत अस्पतालमा निशुल्क आँखा उपचार शिविर हुने भएको छ । थर्पु आधारभुत अस्पतालमा आँखा उपचार केन्द्रको उद्घाटनको अवसरमा, जलबिन्दु रोगको विषेश जाँच सहित निशुल्क आँखा शिविर हुने म्याग्दे गाउँपालिकाले जनाएको छ ।

सो शिविरमा जलविन्दु, मोतीविन्दु एवम् अन्य आँखाका समस्या भएका सबैले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनहुन अनुरोध गरिएको छ । साथै उक्त शिविरमा छनौट भएका विरामिको हिमालय आँखा अस्पताल पोखरामा निःशुल्क अप्रेसन गरीने गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरेले बताए ।

म्याग्दे गाउँपालिका र पोखराको हिमालय आँखा अस्पताल विच भएको सम्झौता अनुसार आगामी पुस ३ गतेदेखी थर्पु आधारभुत अस्पतालमा नियमित रुमपा आँखा उपचार गरिने भएको छ । सम्झौता अनुसार पौष ३ गतेबाट म्याग्दे गाउँपालिका–४ स्थित थर्पु आधारभुत अस्पतालमा नियमित रुपमा हिमालय आँखा अस्पतालको प्राविधिकद्वारा दैनिक रुपमा आँखा परिक्षण सेवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल