एमालेको नयाँ नेतृत्वको लागि मंगलबार निर्वाचनः तनहुँबाट ८ जना केन्द्रीय सदस्यको उम्मेदवार

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २९
नेकपा एमालेको नयाँ नेतृत्वकोलागि मंगलबार निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र इश्वर पोख्रेलको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, भिम आचार्य लगायतले उम्मेदवारी दिएका छन् । त्यस्तै एमालेको शक्तिशाली महासचिव पदमा ओली समुहबाट वर्तमान महासचिव शंकर पोख्रेल र पोख्रेल समुहबाट वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ ।

त्यसैगरि उपमहासचिवमा लेखराज भट्ट, विष्णु रिमाल, रघुविर महासेठ, योगेश भट्टराई, राजेन्द्र गौतम, आनन्द पोख्रेल लगायतले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यमलाल कडेंल, राजन भट्टराई, महेश बस्नेत, शेरधन राई, हिक्मत कार्की, गोकुल बास्कोटा, रचना खड्का, कर्ण थापा, बिनोद ढकाल, इन्द्रलाल सापकोटा लगायतले उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेको केन्द्रीय सदस्यको लागि तनहुँका किरण गुरुङ, केदार सिग्देल, प्रतापलाल श्रेष्ठ, भगवती न्यौपाने, किसान श्रेष्ठ, विष्णुभक्त सिग्देल, पुर्णबहादुर गुरुङ र सोभा गुरुङले उम्मेदवारी दिएका छन् । उपाध्यक्षको आकांक्षी रहेका किरण गुरुङ तथा किसान श्रेष्ठले खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । केदार सिग्देल र विष्णुभक्त सिग्देलले गन्डकी प्रदेशको भुगोलबाट, भगवती न्यौपानेले खुल्ला महिला तर्फबाट, प्रतापलाल श्रेष्ठ र पुर्ण बहादुर गुरुङले आदिवासी जनजाती समुहबाट र सोभा गुरुङले जनजाती महिला समुहबाट उम्मेदवारी दिएका हुन् । त्यसैगरि केन्द्रीय लेखा आयोगको सचिवमा तनहुँका शिव अधिकारीले उम्मेदवारी दिएका छन् । किसान श्रेष्ठ हाल बारा जिल्लाबाट राजनीति गर्दै आएका छन् ।

यस अघि एमालेको पोलिट्व्युरो सदस्य रहेका तनहुँका टुकराज सिग्देल तथा केन्द्रीय सदस्य सविता रसाईलीले भने कुनै पनि पदमा उम्मेदवारी दिएनन् ।

नयाँ नेतृत्वको लागि मंगलबार मध्यान्न १२ बजेबाट मतदान हुने एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय