देवघाट । पुस १
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवघाट गाउँ कार्य समितिको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । सोमबार भएको राप्रपा देवघाटको अधिवेशनबाट आचार्यको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ ।




कार्यसमितिको उपाध्यक्षमा छुनु मल्ल ठकुरी, सचिवमा जनार्दन नैनावस्ती, कोषाध्यक्षमा सावित्री थापा तथा सदस्यहरुमा दिवाकर मिश्र, यमबहादुर थापा, माधव थापा, कमल न्यौपाने, तेजबहादुर थापा, प्रेमलाल दाहाल, खेमलाल गुरुङ, धनबहादुर परियार, जयबहादुर गुरुङ, तिलबहादुर गुरुङ र चन्द्रबहादुर शाही ठकुरी चयन भएका छन् ।
सो अधिवेशनमा राप्रपाकी केन्द्रीय सदस्यद्वय गौमाया श्रेष्ठ र सोभा गुरुङ, केन्द्रीय कला र संस्कृति विभागका प्रमुख पृथ्वीनारयण श्रेष्ठ तथा जिल्ला अध्यक्ष बिनोद घर्तीले शुभकामना मन्तव्य राखेका थिए ।












