लोकसेवाका पदाधिकारी तथा भिमादका जनप्रतिनिधि र कर्मचारी विच अन्तरक्रिया

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २९

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश तथा भिमाद नगरपालिका, तनहुँका पदाधिकारी र कर्मचारीहरुबीच सोमबार भिमाद नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहमा पदपूर्ति सम्बन्धी व्यवस्था, रिक्त पदमा पदपूर्तिको अवस्था, पाठ्यक्रम सम्बन्धि पृष्ठपोषण, कार्यप्रवाह तथा विविध समसामयिक विषयमा केन्द्रित रहेर अन्तरक्रिया भएको थियो ।

भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लोक सेवा आयोग, गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपाल, प्रदेश लोक सेवा आयोगकी सदस्य कल्पना लम्साल, नगर उपप्रमुख शारदा खनाल, प्रदेश लोक सेवा आयोग, गण्डकीका सचिव शिला बराल सापकोटा तथा भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा भिमाद नगरपालिकामा कार्यरत कर्मचारीहरूबाट पेश भएका पदपूर्ति, सरुवा, तह–वृद्धि, बढुवा, कामकाज प्रक्रिया, सेवा प्रवाह तथा कार्यप्रवाहसँग सम्बन्धित समस्या, गुनासो तथा सुझावहरूलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लोक सेवा आयोग, गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले समस्याहरुको समाधानको उपायबारे जानकारीका साथै आवश्यक निर्देशन तथा सुझाव प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक