म्याग्देमा निःशुल्क आँखा शिविर सन्चालन, ३७० जनाको आँखा परिक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ३

म्याग्दे गाउँपालिकको आयोजना तथा नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको सहकार्यमा बिहिबार म्याग्दे गाउँपालिका–४ स्थित थर्पु आधारभुत अस्पतालमा निशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । उक्त आँखा उपचार शिविरको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

थर्पु आधारभुत अस्पतालमा आँखा उपचार केन्द्रको शुभारम्भको अवसरमा आयोजित उक्त शिविरमा जलबिन्दु रोगको विषेश जाँच सहित निशुल्क आँखा परिक्षण गरिएको थियो । शिविरमा ३७० जनाको आँखा परिक्षण गरिएकोमा ५२ जनाको मोतीबिन्दुको अप्रेसनको सिफारिस गरिएको छ भने २२ जनाको जलबिन्दुको उपचार गरिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरेले जानकारी दिए । उक्त आँखा उपचार केन्द्रको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले उद्घाटन गरे ।

शिविरको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले थर्पु आधारभुत अस्पतालमा विभिन्न स्वास्थ्य सेवा सन्चालन गर्ने क्रममा आँखा उपचार सेवा पनि थप गरिएको बताए । गत वर्ष १२५ जनाको मोतीबिन्दुको अप्रेसन गर्नु परेपछि म्याग्देमा आँखाका बिरामीहरु भएको भन्ने ठानेर हिमालय आँखा अस्पतालसँग सहकार्य गरि नियमित रुपमा आँखा उपचार सेवा थप गरिएको बताए । अव देखी प्रत्येक दिन थर्पु आधारभुत अस्पतालमा आँखाको नियमित उपचार हुने अध्यक्ष श्रेष्ठले बताए ।

म्याग्दे गाउँपालिकाले पाँच वर्षकोलागि हिमालय आँखा अस्पताल पोखरासँग आँखा उपचारको लाथि सम्झौता गरेको छ । सम्झौता अनुसार आँखा उपचार खटिने विशेषज्ञ चिकित्सकोलागि गाउँपालिकाले बार्षिक ६ लाख रुपैयाँ उपलब्ध गराउने छ भने आँखा उपचार सेवाबाट संकलन गरिने सबै शुल्क गाउँपालिकाको हुनेछ ।

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्देबासीलाई आफ्नै ठाउँमा आँखा सम्बन्धि उपचार सेवा दिने उद्देश्यले थर्पु आधारभुत अस्पतालमा हिमालय आँखा अस्पतालसँग नियमित उपचारकोलागि सम्झौता गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको