रास्वपाको व्यास वडा नम्बर १३ र २ को अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ३

राष्ट्रि स्वतन्त्र पार्टी तनहुँको व्यास नगरपालिका अन्तर्गतको वडा नम्बर १३ र वडा नम्बर २ को अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर १३ को अधिवेशन बुधबार र वडा नम्बर २ को अधिवेशन विहिबार भएको हो । उक्त अधिवेशनले दुबै वडामा नयाँ कार्य समिति चयन गरेको छ ।

व्डा नम्बर १३ को सभापतीमा राजेन्द्र बहादुर पाण्डे चयन भएका छन् । त्यस्तै उपसभापतीमा शान्ता विक र सचिवमा दलबहादुर थापा तथा सदस्यहरुमा लेखबहादुर थापा, केशर आले, विष्णु रानाभाट, एकराज तिवारी, सोभा कडेल, दुर्गाबहादुर विक, रामबहादुर रामदाम र खेमबहादुर राना चयन भएका छन् ।

यसैगरि वडा नम्बर २ को सभापतीमा महेन्द्र रिजाल, उप सभापति गिता विक र सचिव अर्जुन श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण कार्की, हरि कार्की, रुद्र बहादुर क्षेत्री, मङ्गल श्रेष्ठ र हर्सन कायस्थ चयन भएका छन् ।

रास्वपा व्यास नगर समितिका सभापती चुडामणी दाहालको अध्यक्षतामा भएको उक्त अधिवेशनको रास्वपाका उपसभापती डा.स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए । अधिवेशनमा रास्वपा तनहुँका सभापती विश्व बास्तोलाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको