तनहुँ । पुस ५
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँको छैठौँ अधिवेशनले रामकृष्ण न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ । शनिबार दमौलीमा सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।



नवगठित समितिको प्रथम उपाध्यक्षमा हरिबहादुर कार्की र द्वित्तीय उपाध्यक्षमा पवित्रा खनाल, सचिवमा कमल गैह्रे, कोषाध्यक्षमा सुरज बुढाथोकी र सह–सचिवमा अजय श्रेष्ठ चयन भएका छन् ।
समितिका सदस्यहरूमा शरद गैह्रे, सावित्रा रानाभाट, सृजना अधिकारी, पम्फा वाग्ले र गायत्री पुडासैनी रहेका छन् ।
संघका अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनको गन्डकी प्रदेश सभाका सांसद तथा पुर्वमन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका थिए ।












