म्याग्देले व्यवसाय दर्ता र नविकरणको लागि घुम्ति शिविर सन्चालन गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ६

म्याग्दे गाउँपालिकाले व्यवसाय दर्ता र नविकरणकोलागि घुम्ति शिविर सन्चालन गर्ने भएको छ । म्याग्दे गाउँपालिका भित्र सञ्चालनमा रहेको उद्योगी, व्यापारी, होटल व्यवसायी, कृषक तथा अन्य विभिन्न व्यवसाय सञ्चालन गरि गाउँपालिकामा दर्ता/सूचीकृत भएकाहरुका लागी नविकरण साथै दर्ता÷सूचीकृत नभएका व्यवसाय नयाँ दर्ताका लागी म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा घुम्ति शिविर मार्फत सेवा दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

उक्त घुम्ति शिविर वडा नम्बर ३ को धयरे चोकमा पुस ८ गते, वडा नम्बर ६ को अकला सामुदायिक भवनमा पुस ९ गते, वडा नम्बर १ को वडा कार्यालयमा पुस ११ गते, वडा नम्बर २ को वडा कार्यालयमा पुस १८ गते हुने भएको छ ।

त्यसैगरि वडा नम्बर ५ मा बिहान ११ बजेदेखी १ बजेसम्म छाङपाटन र २ बजेदेखी ४ बजेसम्म वडा कार्यालयमा, वडा नम्बर ७ को वडा कार्यालयमा पुस २४ गते तथा वडा नम्बर ४ को थर्पु स्थित उद्योग वाणिज्य संघ म्याग्देको कार्यालयमा पुस २८ गते घुम्ति शिविर हुने गाउँपालिकाका उद्योग शाखाका प्रमुख प्रदिप न्यौपानेले जानकारी दिए ।

शिविरमा नयाँ व्यवसाय तथा दर्ता नविकरण गर्न आउँदा व्यवसाय सञ्चालकको नेपाली नागरिकताको प्रतिलिपि, सञ्चालकको पासपोर्ट साईजको फोटो ३ प्रति, भाडामा व्यवसाय सञ्चालन भएको भए सम्झौता पत्र, स्वयम व्यक्तिको नाममा रहेको भए व्यवसाय सन्चालन भएको जग्गाको लालपुर्जा, अन्य निकायमा व्यवसाय दर्ता भई सकेको भए दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि तथा मुचुल्का गर्नुपर्ने व्यवसायहरु होटल, रेष्टुरेण्ट, कुखुरा/पशु फारम, उद्योगको लागि मुचुल्का समेत गनुपर्ने न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक