दोस्रो भन्सार सांस्कृतिक महोत्सव मंगलबारदेखी

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ७

भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारबाट दोश्रो भन्सार बजार इकाई सांस्कृतिक महोत्सव–२०८२ हुने भएको छ । ‘कला, साहित्य, शिक्षा र पर्यटन, कृषि, व्यापार र उद्योग भानुको पहिचान’ भन्ने मुलनाराका साथ मंगलबारबाट पौष २० गतेसम्म भानु नगरपालिका–१ स्थित मिलनटोल, भन्सार बजारमा दोस्रो भन्सार बजार इकाई सांस्कृतिक महोत्सव हुने भएको हो ।

उक्त महोत्सवको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

स्थानीय कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी रहने जनाइएको छ ।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले बेजोड सांस्कृतिक प्रस्तुती हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक