प्रहरीद्वारा फरार प्रतिबादी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ७

गत भदौ २४ गते राती जिल्ला कारागारबाट फरार रहेका ५ जना कैदीबन्दी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तथा यस मातहतका प्रहरी कार्यालयहरुबाट भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा कारागार कार्यालयबाट फरार ५ जना थुनुवा तथा कैदीहरुलाई पक्राउ गरी कारागार कार्यालय तनहुँ बुझाईएको जनाईएको छ ।

त्यस्तै प्रहरीले बिभिन्न अपराधमा संलग्न रही तनहुँ हालसम्म फरार रहेका ७ जनालाई पनि पक्राउ गरेको छ । जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनको क्रममा हालसम्म फरार रहेका ७ जना प्रतिबादीहरुलाई नियन्त्रणमा लिई फैसला कार्यान्वयनकोलागि अदालत मार्फत कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुबाट १० हजार ५ सय रुपैयाँ राजश्व समेत असुल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो