व्यास नगरपालिकाले यसवर्ष पनि मानुङकोट–पुलिमराङ अल्ट्रा म्याराथन आयोजना गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ७

व्यास नगरपालिकाले यस वर्ष पनि मानुङकोट–पुलिमराङ अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । व्यास नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको २२८ औं बैठकले आगामी माघ १६ गते शहिद दिवसका दिन व्यास नपा–५ को मानुङ्गकोट देखि वडा नम्बर ८ को पुलिमराङ्ग सम्मको अल्ट्राम्यारायन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिताको आवश्यक व्यवस्थापन गर्न गराउन सम्वन्धित वडाअध्यक्षहरु समेत समावेश गरी व्यास नगर खेलकुद समितिलाई जिम्मा दिने निर्णय समेत नगर कार्यपालिकाले गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले व्यास नगरपालिकाको आर्थिक ऐन २०७४ लाई व्यवस्थापन गर्ने गरी व्यास नगर आर्थिक विधेयक २०८२ आगामी नगर सभामा पेश गर्न विधायन समितिवाट प्रस्तावित विधेयक संसोधन सहित पारित गर्ने निर्णय गरेको छ । साथै विधायन समितिवाट प्रस्तावित व्यास नगरपालिका जेष्ठ नागरिक सवास्थ्य तथा पोषण कार्यक्रम कार्यन्वयन निर्देशिका २०८२ पारित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आगामी नगर सभामा पेश गरिने विभिन्न प्रस्तावहरु आगामी कार्यपालिकाको वैठकमा पेश गर्न सम्वन्धित विषयगत समितिहरुलाई जिम्मेवारी तोक्ने र त्यसको समवन्य गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ । संघ, गण्डकी प्रदेश र व्यास नगरपालिकावाट जारी वन ऐन र नियमावलीका सम्बन्धमा डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटसँग गहन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी नगरपालिकाबाट जारी वन ऐनलाई संसोधन प्रस्ताव तयारी गरी पेश गर्न विधयान समितिलाई जिम्मा दिने निर्णय पनि बैठकले गरेको छ ।

चालु आ.व. ०८२।०८३ का लागि प्रस्तावित आय व्यय बजेट रु.१, ८१, ७६, १९, ०००।– मा २०८२ मंसिर मसान्तसम्म जम्मा संघीय आय ४४.२८ प्रतिशत, प्रदेश आय ४३.४२४ प्रतिशत, राजश्व बाँडफाँड १५.८७ प्रतिशत र अन्तरिक श्रोतको ३०.२० प्रतिशत प्राप्त भई जम्मा ३६.३४ प्रतिशत आय रही चालु तर्फ ३३.४७ प्रतिशत र पुँजिगत तर्फ ७.५६ प्रतिशत समेत जम्मा २१.७१ प्रतिशत खर्च भएको बैठकमा जानकारी प्राप्त भई फोहर व्यवस्थापन तर्फवाट विगत ५ महिनामा १० लाख ५९ हजार ७०४ रुपैयाँ आय प्राप्त भएको सार्वजानिक गरिएको छ ।

त्यसैगरि आगामी पुस १२ गते शनिबार वडा नम्बर ८ को वडा कार्यालयमा चितवन मेडिकल कलेज भरतपुर र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बृहत स्वास्थ्य शिविर सन्चालन गर्ने निर्णय पनि बैठकले गरेको नगरपालिकाका प्रवक्ता शुरेश थापाद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू