निर्मल २०४५ समुहद्वारा बुद्ध दाहालमा न्यानो कपडा र मिष्ठान्न भोजन वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १९

निर्मल मावि २०४५ एसएसली समुहले व्यास नपा १ स्थित बुद्ध दाहाल बहिरा विद्यालयमा न्यानो कपडा र मिष्ठान्न भोजन वितरण गरेको छ । समुहले शनिबार पुर्णिमाको अवसरमा विद्यालयमा गई विद्यार्थीहरुलाई न्यानो कपडा र मिष्ठान्न भोजन वितरण गरेको हो ।

समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठले समुहले सामाजिक काममा सहयोग गर्ने नीति अन्तर्गत बुद्ध दाहाल बहिरा विद्यालयमा सहयोग गरेको बताए । आज पूर्णिमाको अवसर पारी अभियानको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सो कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्रिभुवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास–१ का वडा सदस्य मणिजङ बस्नेतले यस्तो सहयोग पुनः गर्दै जान सफल होस भन्ने धन्यवाद दिए । उक्त कार्यक्रमको सन्चालन प्रअ कमला पौडेलले गरेकी थिइन् । समुहले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय