म्याग्दे गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २०

म्याग्दे गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशन आइतबार सम्पन्न भयो । गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले विभिन्न संकल्प प्रस्तावहरु पारित गर्दै महत्वपुर्ण निर्णयहरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

उक्त अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले विगतमा भएको भुमि बर्गिकरणको पुन संशोधन, सिसाजन्य फोहोरको व्यवस्थापन र फोहोर मैला संकलनको सेवा शुल्क अशुल सम्बन्धी, नक्सापास विना जथाभावी घर निर्माण नियन्त्रण र घर कायम ३ महिनाको लागि सुचारु गर्ने, पृथ्वीराजमार्ग किनारमा सडक पेटी निर्माण गर्ने, खोला तथा खोल्साको मापदण्ड निर्धारण गर्ने, तीन पांग्रे सवारीको भाडा रुट निर्धारण गर्ने र पृथ्वीराजमार्गले चर्चेको जग्गाको लगत कट्टा गर्ने लगायतका सातवटा महत्वपुर्ण संकल्प प्रस्ताव पारित गरेको छ ।

त्यसैगरि उक्त अधिवेशशनमा आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर ७ का वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठले छरिएका विद्युतको तार व्यवस्थापन सम्बन्धी र वडा नम्बर ३ को बेल्टारमा चारधाम र नवग्रह मन्दिर निर्माण सम्बन्धि संकल्प प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई पनि अधिवेशनले छलफल र सुझाव सहित पारित गरेको छ ।

अधिवेशशनको छलफलमा वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिभद्र वाग्ले, ल्याण्डफिल साईट सन्चालन समितिका संयोजक तथा वडा नम्बर २ अध्यक्ष शिवबहादुर क्षेत्री, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी, वडा नम्बर ४ का अध्यक्ष दिपककुमार श्रेष्ठ, वन तथा वातावरणमा समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष शिवबहादुर आले र भौतिक पुर्वाधार विकास समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष हिरालाल गुरुङले भाग लिएका थिए ।

बैठकमा न्याय समिति, सार्वजानिक लेखा समिति, शुसशान समिति तथा अनुगमन समितिको अर्धवार्षिक प्रतिबेदन प्रस्तुत गरि छलफल सहित पारित गरिएको थियो । उक्त अधिवेशनमा गाउँपालिकाको चालु आर्थिक वर्षको आय र व्यवको अर्धवार्षिक समिक्षा पनि गरिएको र गाउँकार्यपालिकाले ६ महिनामा गरेका सम्पुर्ण निर्णयहरु पनि गाउँसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय