विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

Devghat Online

शेयर गरौ

काठमाडौं । पुस २७

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराएका थिए ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका थिए । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए । कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

भृकुटी मन्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु प्रदिप पौडेल, अर्जुन नरसिंह केशी, पुष्पा भुषाल लगायतले सम्बोधन गरेका थिए । विशेष अधिवेशन अन्तर्गत सोमबार बन्दसत्र सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय