तनहुँ कृषि सहकारी संघको अध्यक्षमा श्रेष्ठ

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २७

तनहुँ कृषि सहकारी संघको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । संघको आइतबार सम्पन्न १३ औं साधारणसभा तथा पाँचौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः विष्णुमाया पौडेल, अर्जुन गुरुङ, राजु आचार्य र लालबहादुर पन्थ चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा विनोदकुमार श्रेष्ठ, देवीबहादुर कार्की, लिलामाया राना तथा लेखा समितिको संयोजकमा मित्रप्रसाद न्यौपाने र सदस्यहरुमा पदमबहादुर कार्की र पदमाकुमारी रानाभाट चयन भएका छन् ।

संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको गन्डकी प्रदेश कृषि सहकारी संघका सदस्य नारायणप्रसाद खनालले उद्घाटन गरेका थिए । सो कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रदिपराज अधिकारीले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चमालन सचिव विष्णुमाया पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि