बन्दीपुरमा मनाईयो राष्ट्रिय बाख्रा दिवस, २० जना कृषक सम्मानित

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ४

पाँचौँ राष्ट्रिय बाख्रा दिवस २०८२ को अवसरमा आइतबार बन्दीपुरमा कार्यक्रम गरिएको छ । ‘व्यवसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भर हाम्रो अभियान’ भन्ने नारासहित बन्दीपुरको टुँडिखेलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय र नेपाल व्यवसायीक बाख्रापालक महासंघको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा तनहुँ जिल्लाका २० जना उत्कृष्ट बाख्रापालक कृषकहरूलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले व्यावसायिक बाख्रापालनले युवाहरुलाई गाउँमै रोजगारी र समृद्धिको ढोका खोल्ने बताए । बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्थानीय सरकारले बाख्रापालनलाई प्राथमिक क्षेत्रका रूपमा अघि बढाउँदै नश्ल सुधार, प्रविधि हस्तान्तरण र बजार व्यवस्थापनमा सहकार्य विस्तार गरिने बताए ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका प्रमुख राजु कडेंलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ वडा नम्बर २ का अधयक्ष तिलकबहादुर कुँवर, नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय सचिव कुशलचन्द्र अधिकारी, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रबिन्सन अधिकारीले लगायतले व्यवसायीक बाख्रा पालनको लागि बाख्रामा लाग्न्ने रोग नियन्त्रण, खोप कार्यक्रम र प्राविधिक सेवाको पहुँच विस्तारमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका अवसरमा स्थानीय तहको पशुसेवा शाखाको सिफारिसका आधारमा जिल्लाका विभिन्न पालिकाबाट छनोट गरिएका २० जना उत्कृष्ट बाख्रापालक कृषकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बन्दीपुर गाउँपालिकाका रिता चित्रकार र भागीरथी अधिकारी, भानु नगरपालिकाका धनबहादुर गुरुङ र आसामाया कुमाल ऋषिङ्गका नारायण राना र माधव गौतम, म्याग्देका सामेल गुरुङ र दानबहादुर आले, घिरिङका सिता थापा र किशान श्रेष्ठ, आँबुखैरेनीका पूर्णबहादुर मगर र बुद्धिबहादुर गुरुङ, व्यास नगरपालिकाका बाबुराम पौडेल र सन्तोष आले, शुक्लागण्डकी नगरपालिकाका अभिषेक थापा मगर र पाण्डव लामिछाने, भिमाद नगरपालिकाका शिवकुमार आले र याममाया क्षेत्री तथा देवघाट गाउँपालिकाका मोहनकुमार श्रेष्ठ र गौरिमान आले रहेका छन् । उक्त कार्यक्रमको सन्चालन नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष यमप्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय