देवघाटबाट डा. वाग्लेको चुनावी अभियान सुरु

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट, माघ ७

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघाटधामबाट चुनावी अभियान सुरु गरेका छन् । वाग्लेले उम्मेदवारी दर्ता गर्नु अघि मंगलबार देवघाट स्थित कालीगन्डकी र त्रिशुलीको संगममा पुजा गरेका थिए ।

त्यसैगरि वाग्लेले देवघाट स्थित गलेश्वर आश्रम, चक्रवर्ती आश्रम, महेश सन्यास आश्रम र हरिहर आश्रममा गई पिठाधिशहरुको आर्शिवाद लिएका थिए ।

सो क्रममा वाग्लेले देवघाट नेपालकै प्रमुख धार्मिक तिर्थ स्थल भएको हुँदा यस क्षेत्रको प्रचार प्रसार गरि धार्मिक पर्यटनको प्रबद्र्धन गर्नुपर्ने बताए । उनले देवघाटको धार्मिक पर्यटन प्रबद्र्धन गर्न सकेमा लाखौं धार्मिक पर्यटक देवघाट ल्याउन सकिने बताए ।

तश्विरहरुः सफल शर्मा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू