जन्मगाउँबाट भगवतीले सुरु गरिन् घरदैलो अभियान

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ११

आसन्न प्रतिनिधिसभा निर्वाचनको तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेकी तर्फबाट उम्मेदवार भगवती न्यौपानेले आफ्नो जन्मगाउँ भानु नगरपालिका–७ र ८ बाट घरदैलो अभियान सुरु गरेकी छन् ।

घरदैलो अभियान अन्तर्गत न्यौपानेले क्षेत्रका प्रत्येक घर–घरमा पुगेर आफ्ना योजना, भिजन तथा स्थानीय विकाससम्बन्धी कार्यक्रमबारे मतदातालाई प्रत्यक्ष जानकारी गराइरहेकी छन् । उनको आगमनमा स्थानीयवासीहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । गाउँलेहरूले उनीप्रति विश्वास र आत्मीयताको परिचय दिएका छन् ।

जन्मथलोमा यस प्रकारको न्यानो स्वागत पाउँदा आफू अत्यन्तै उत्साहित भएको न्यौपानेले बताइन् । ‘मेरो जीवन सधैं देश र जनताको सेवा तथा समर्पणमा केन्द्रित रहँदै आएको छ । जनताको विश्वास र समर्थन नै मेरो सबैभन्दा ठूलो शक्ति हो’ न्यौपानेले भनिन्, ‘यही शक्तिका आधारमा म हरेक नागरिकका आवश्यकता र समस्या बुझेर समाधानका लागि काम गर्न सक्षम हुनेछु ।’

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले न्यौपानेको सादगी, इमानदारी र जनसेवामा समर्पित व्यक्तित्वको प्रशंसा गर्दै आगामी निर्वाचनमा पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस अभियानमार्फत भगवती न्यौपानेले मतदातासँग नजिकको सम्बन्ध स्थापित गर्दै जनभावनाको वास्तविक प्रतिनिधित्व गर्ने प्रयासलाई थप सशक्त बनाइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल