रास्वपाका उम्मेदवार वाग्लेको छाब्दीमा घरदैलो

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १४

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले व्यास नपा १२, १३ र १४ को संगममा पर्ने छाब्दीमा चुनावी अभियान अन्तगर्त घरदैलो गरेका छन् । बुधबार छाब्दी बाराही मन्दिरको दर्शनको लागि गएका वाग्लेले स्थानीय बासिन्दाहरुको घर–घरमा पुगी प्रतिनिधि सभाको निर्वाचनमा आफुलाई मतदान गर्न अनुरोध गरेका छन् ।

आफु निर्वाचित भएमा तनहुँको विकासको लागि काम गर्ने भन्दै वाग्लेले छाब्दी बाराही क्षेत्रलाई धार्मिक पर्यटनको हिसाबले माथी उठाउने गरि काम गर्ने बताए । उक्त घरदैलोमा रास्वपाका जिल्ला संयोजक विश्व बास्तोला सहित जिल्ला स्तरीय नेताहरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता