म्याग्देका होटल/रेष्टुरेन्टमा खाद्य स्वच्छता स्तर मापन

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १५

म्याग्दे गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली तनहुँको प्रत्यक्ष निगरानीमा म्याग्दे गाउँपालिकामा सन्चालित स्थानीय स्तरमा रहेका होटल तथा रेष्टुरेन्ट हरुमा खाद्य स्वच्छता स्तर मापन गरि वर्गिकृत गरिएको छ ।

दैनिक रुपमा राजमार्गमा आवत जावत गर्ने यात्रुहरुको स्वास्थ्यलाई मध्यनजर गरि गाउँपालिका भित्रका होटल व्यवसायीहरुलाई स्वाच्छ खानेकुरा खुवाउनुपर्छ भन्ने उद्देश्यले यस कार्यमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण तनहुँका प्रमुख ज्योती आचार्य, म्याग्दे उद्योग वाणिज्य संघको अध्यक्ष सुन्दरमणी अधिकारी, होटल व्यवसायी संघ गन्डकीका उपाध्यक्ष दुर्गाविलास भट्टराई, वडा नम्बर ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ, म्याग्देका आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपाने लगायतको प्रतक्ष्य उपस्थितीमा होटल तथा रेष्टुरेन्ष्टहरुको स्तर मापन परिक्षण गरि वर्गिकृत गरिएको हो ।

गाउँपालिकाका अनुसार हरियो स्टिकर ( एक स्टार) प्राप्त गर्ने होटलहरूमा रविना रेष्टुरेण्ट एण्ड खाजाघर म्याग्दे १ गुणादी, जोजोलपा हाइवे रेष्टुरेण्ट, म्याग्दे ३, सरिता रेष्टुरेण्ट, म्याग्दे ३, अकला हाइवे रेष्टुरेण्ट, म्याग्दे ६ रहेका छन् । त्यसैगरि पहेलो (सन्तोषजनक) स्टिकर प्राप्त गर्ने होटलहरूमा बाराही हाइवे रेष्टुरेन्ट गुणादी, होटल स्काइ इन थर्पु रहेका छन् ।

खाद्य सुरक्षा र स्वच्छताका मापदण्डहरू पालना गरी उपभोक्ता र ग्राहकबर्गलाई गुणस्तरीय सेवा दिनु सबै व्यवसायीको कतव्र्य रहेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले निरन्तर खाद्य सुरक्षा मापदण्ड पालना गरी स्तरिकरणमा लाग्नुहुन पनि व्यवसायीलाई अनुरोध गरेका छन् । अन्य होटल ब्यवसायीहरूलाई तत्कालै खाद्य सुरक्षा मापदण्ड पालना गरी जिम्मेबार ब्यवसायी बन्नुहुन पनि गाउँपालिकाका अध्यक्ष श्रेष्ठले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक