छाब्दीबाराहीमा घन्टी बजाउँदै स्वर्णिमको दावीः निर्णायक बहुमततर्फको यात्रा

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १५

तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णीम वाग्लेले निर्णायक बहुमतको आवश्यकता औँल्याएका छन् । विहिबार विहान सामाजिक सञ्जालमार्फत मतदातासँग समर्थनको आह्वान गर्दै उनले नेपाली जनताले परिवर्तन चाहिरहेको उल्लेख गरे । साथै उनले अबको स्पष्ट विकल्प रास्वपालाई बहुमतसहित देश चलाउने जिम्मेवारी दिनु रहेको बताए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतको प्रसिद्ध छाब्दी बाराही मन्दिरको घन्टी बजाएको तश्विर सहित वाग्लेले लेखेका छन् ‘चुनावपछि पुरानै सत्ता–गणित दोहोरिए स्थिर सरकार सम्भव नहुने र त्यसले नीति निर्माण, सुधार तथा कार्यसम्पादनलाई जटिल बनाउने छ ।’

वाग्लेले पुराना गठबन्धनका नाममा हुने सत्ता सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि ‘सरकार फेर्ने घनचक्कर’ मा फसाउने चेतावनी दिएका छन् । यसले विकास, लगानी, रोजगारी र नागरिक सेवामा प्रत्यक्ष नकारात्मक असर पर्ने उनले उल्लेख गरेका छन् ।

उनका अनुसार रास्वपासँग बहुमत माग्ने आधार, नेतृत्व र स्पष्ट एजेन्डा तीनै कुरा छन् । ‘स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनासहित हामी प्रभावकारी शासनका लागि अघि बढिरहेका छौँ,’ उनले लेखेका छन् ।

छाब्दी बाराहीबाट वाग्लेले यस पटक देशलाई अघि बढाउने अवसर दिन मतदातासँग अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल