यस्तो हुनेछ तनहुँको दुबै निर्वाचन क्षेत्रको मतपत्र

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २१

तनहुँको दुबै निर्वाचन क्षेत्रको नमुना मतपत्र सार्वजानिक भएको छ । निर्वाचन आयोगले बुधबार तनहुँको दुई वटै निर्वाचन क्षेत्रको वास्तविक नुमना मतपत्र सार्वजानिक गरेको हो ।

सार्वजानिक भएको नमुना मतपत्र अनुसार क्षेत्र नम्बर १ मा १६ वटा चुनाव चिन्ह रहेको छ । जसमा पहिलो नम्बरमा नेकपा एमालेको चुनाव चिन्ह सुर्य रहेको छ । त्यसपछि क्रमशः नेपाली काँग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको तारा, राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी रहेको छ ।

त्यसैगरि क्रमशः राप्रपाको हलो, नेपाल मजदुर किसान पार्टीको मादल, मंगोल नेशनल अर्गनाईजेशनको कुखुराको भाले, नेपाल जनमुक्ती पार्टीको घर, नेशनल रिपब्लिक नेपालको उडिरहेको मौरी, श्रम संस्कृति पार्टीको अन्जुलीमा राखेको माटो, नेकपा माओवादीको गुलाव, उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिम, आम जनता पार्टीको मोवाईल रहेको छ । त्यसैगरि स्वतन्त्र उम्मेदवारहरु क्रमशः दिपकराज जोशीको कैंची, लेखनाथ खनालको आँप र सन्देश रानाभाट लौडारीको मानापाथी चुनाव चिन्ह रहेको छ ।

त्यसैगरि क्षेत्र नम्बर २ को वास्तविक नमुना मतपत्रमा ११ वटा चुनाव चिन्ह रहेको छ । जसमा पहिलो नम्बरमा नेकपा एमालेको चुनाव चिन्ह सुर्य रहेको छ । त्यसपछि क्रमशः नेपाली काँग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको तारा, राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी रहेको छ ।

त्यसैगरि राप्रपाको हलो, नेपाल मजदुर किसान पार्टीको मादल, मंगोल नेशनल अर्गनाईजेशनको कुखुराको भाले, नेपाल जनमुक्ती पार्टीको घर, नेशनल रिपब्लिक नेपालको उडिरहेको मौरी, नेकपा माओवादीको गुलाब र राष्ट्रिय जनमुक्ती पार्टीको मिलाईरहेको हात चुनाव चिन्ह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती