बरिष्ठ अधिवक्ता पन्त दम्पत्तीद्वारा गलेश्वर आश्रमलाई ४० लाख सहयोग

Devghat Online

शेयर गरौ

देवघाट । माघ २७

वरिष्ठ अधिवक्ता सुशील पन्त र उनकी पत्नी कुमुदा पन्तले छोराको विवाहमा भोज नगरी त्यसका लागि छुट्याइएको रकम देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमलाई ४० लाख रुपैयाँ सहयोग गरेका छन् ।

समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने, सनातन धर्म, संस्कृति र संस्कारको संरक्षणका लागि सहयोग गरेको पन्त दम्पत्तीले बताए । पन्तका कान्छा छोरा सुयोग्यको कृति घिमिरेसँग विवाह भएको थियो । विवाहपछि काठमाडौंमा आयोजित कार्यक्रममा पन्त दम्पतीले आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरिजी महाराजलाई ४० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

‘कमाउने त्यो, दिनलाई नै हो’ भन्ने आदर्श अनुसार विवाह र व्रतबन्धजस्ता कार्यमा फजुल खर्च नगरी परोपकारी संस्थालाई सहयोग गर्नुपर्ने बरिष्ठ अधिवक्ता पन्तले बताए । यसअघि पन्तले जेठा छोराको विवाहमा पनि भोज नगरी ४० लाखमध्ये २० लाख क्यान्सर केयर फाउन्डेसन र २० लाख पुण्यार्जन फाउन्डेसनलाई सहयोग गरेका थिए ।

तपस्वी अष्टाङ्ग योगसिद्ध योगिराज श्री ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि.सं. १९८२ सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी उक्त गलेश्वर आश्रमको स्थापना गरेका थिए । गलेश्वर आश्रम सामाजिक, धार्मिक, आध्यात्मिक र शैक्षिक विकासको केन्द्र बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको