तनहुँलाई पुर्णरुपमा समुन्नत बनाउने मेरो लक्ष्य होः भट्टराई

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २९

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँलाई पुर्ण रुपले समुन्नत बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । मतदातालाई भेट्न देवघाट गाउँपालिकाको वडा नम्बर २ र ३ मा पुगेका भट्टराईले तनहुँका बुवा आमा दाजुभाई तथा बाबुनानीहरुको मुहारमा हाँसो ल्याउनु, यहाँका व्यावसायी मित्रहरुलाई व्यावसायिक वातावरण बनाउन सहयोग गर्नु, यहाँको शिक्षा र स्वास्थ्यमा व्यापक सुधार गरेर सबैको पहुँचमा पु¥याउनु, बेरोजगारी अन्त्य गर्नु आफ्नो उद्देश्य रहेको बताए ।

‘हामी तनहुँ निर्माणको एउटा विशिष्ट संघारमा छौँ । नेपाली कांग्रेसमा जुन बदलाव देखिएको छ, हामीले अब देश रुपान्तरणको साझा संकल्प लिएका छौँ’ भट्टराईले भने ‘त्यो रुपान्तरण भनेको अब तनहुँ पनि बदलिनेछ भन्ने हो, हामीले तनहुँलाई पूर्णरुपमा सम्मुनत बनाउनु पर्ने छ ।’

‘यहाँको माटोमा जन्मिएर, यही माटोमा खेल्दै हुर्किएको मैले यो माटोलाई बुझेको छु । यो माटोलाई थप उर्वर बनाउन म समर्पित पनि हुनेछु’ भट्टराईले भने ‘तनहुँ र तनहुँ क्षेत्र नम्बर १ का बुबाआमा, दिदीबहिनी, दाजुभाइ तथा बाबुनानीहरुको मुहारमा हाँसो ल्याउनु, यहाँका व्यवसायी मित्रहरुलाई व्यावसायिक वातावरण बनाउन सहयोग गर्नु, यहाँको शिक्षा र स्वास्थ्यामा व्यापक सुधार गरेर सबैको पहुँचमा पु¥याउनु, बेरोजगारी अन्त्य गर्नु मेरो उद्देश्य हुनेछ ।’

साथै तनहुँलाई पर्यटकीय गन्तव्य बनाएर यहाँका पूर्वाधारमा सुधार गरेर यसको अर्थतन्त्रलाई कायापलट गर्न सकिने भन्दै भट्टराईले आफु त्यसमा सदैव लाग्ने बताए । देशका नीति निर्माण गर्ने स्थानमा तनहुँको आवाज प्रतिनिधित्व गर्ने उनले बताए । यसपटक रुख चिन्हमा मतदान गरेर जनताको आवाज सुनिने कुरालाई सुनिश्चित गर्न भट्टराईले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता