जनताको भरोसा जित्नेगरि काम गर्छुः न्यौपाने

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २९

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेले आफुले जनताको भरोसार विश्वास जित्ने गरि काम गर्ने बताइन् । ‘जनताको विश्वास मेरो सबैभन्दा ठूलो शक्ति हो । त्यो भरोसा कुनै पनि हालतमा तोड्ने छैन ।’ उनले भनिन् । तनहुँ–१ को समग्र विकासका लागि आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने न्यौपानेले स्पष्ट पारिन् ।

न्यौपानेले यसअघि राष्ट्रिय सभामा हुँदा तनहुँको विकासको लागि आवाज उठाएको भन्दै न्यौपानेले भनिन् ‘सदनमा होस् या सडकमा, मैले सधैं तनहुँको विकासकोलागि आवाज बुलन्द गरेको छु’ उनले भनिन् ‘यसपटक अझ सशक्त ढंगले विकासको एजेन्डा अघि बढाउनेछु ।’

तनहुँको कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, गुणस्तरीय शिक्षा, खेलकुद पूर्वाधार विस्तार र दिगो पूर्वाधार विकास आफ्नो प्राथमिकतामा रहेको न्यौपानेले बताइन् । जिल्लाका जटिल समस्या र सम्भावनाबारे आफू पूर्ण जानकार रहेको बताउँदै ती मुद्दा केन्द्रसम्म पु¥याई समाधानका लागि निर्णायक पहल गर्ने उनको प्रतिबद्धता छ ।

विहिबार मतदातालाई भेट्न व्यास नगरपालिकाको वडा नम्बर १३ र १४ मा पुगेकी न्यौपानेले जनताको सपना र आवश्यकतालाई आफ्नो चुनावी योजना बनाउने बताउँदै उहाँले तनहुँको समृद्धि यात्रामा सबैलाई साथ दिन आह्वान गरिन् ।

उनले यो निर्वाचन देश जलाउने र देश बनाउने विचको भएको हुँदा देश बनाउने प्रतिबद्धता सहित आफु चुनावी मैदानमा आएको हुँदा यसपटक आफुलाई जिताउन अनुरोध गरिन् । आफुले संघर्षको मुल्य खोजेको नभई कामको जिम्मेबारी खोजेको उनले बताईन् । लामो समयदेखी देश र जनताको पक्षमा संघर्ष गर्दै आएपनि अहिले कामको जिम्मेबारी दिन चुनावी मैदानमा आएको न्यौपानेले बताइन् ।

उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गरिन् । उनले भनिन् ‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन, यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’

देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउनको लागि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् । न्यौपानेले यो चुनाव देश जोगाउने र देश जलाउनेहरुको विच भएको भन्दै देश जोगाउनेहरुले बिजय प्राप्त गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले