ढकाल National Head: Debate & Public Speaking Championship मनोनित

Devghat Online

शेयर गरौ

देवघाट । माघ २९

नेपाल जेसीज वर्ष २०२६ अन्तर्गत “National Head: Debate & Public Speaking Championship”  पदमा देवघाटधाम जेसीज २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकाल मनोनित भएका छन्। नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जिवन कार्की द्वारा जारी नियुक्तिपत्र अनुसार ढकाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने वाद–विवाद तथा वक्तृत्वकला प्रतियोगिताको समग्र समन्वय, व्यवस्थापन र कार्यान्वयनको जिम्मेवारी प्रदान गरिएको हो।

नेपाल जेसीजले वर्ष २०२६ का लागि निर्धारित गरेको थीम “Aim, Act, Achieve” अनुरूप उक्त प्रतियोगितामार्फत देशभरका युवाहरूमा तार्किक सोच, विश्लेषण क्षमता, आत्मविश्वास तथा नेतृत्व विकास अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। प्रतियोगिता देशव्यापी रूपमा शाखास्तरदेखि अन्तर्राष्ट्रिय स्तरमा चरणबद्ध रूपमा सञ्चालन हुने र यसका लागि आवश्यक नीतिगत तथा प्राविधिक तयारी राष्ट्रिय प्रमुखले गर्नेछन् ।

देवघाटधाम जेसीजका सन् २०२५ का अध्यक्ष समेत रहेका ढकाल विगत केही वर्षदेखि युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकाससम्बन्धी विभिन्न कार्यक्रमहरूमा सक्रिय रहँदै आएका छन्। वाद–विवाद तथा वक्तृत्वकला युवाहरूको क्षमता अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै उनले यस क्षेत्रलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र गुणस्तरीय बनाउने लक्ष्य लिएको बताएका छन्।

मनोनयनपश्चात् ढकालले आफूलाई प्रदान गरिएको महत्वपूर्ण जिम्मेवारीलाई पूर्ण निष्ठा, दृढ प्रतिबद्धता र परिणाममुखी कार्यशैलीका साथ सफलतापूर्वक निर्वाह गर्ने अठोट व्यक्त गरेका छन्। उनले राष्ट्रिय स्तरमा उत्कृष्ट मापदण्ड स्थापित गर्दै प्रतियोगितालाई सहभागितामूलक, पारदर्शी तथा प्रभावकारी रूपमा सञ्चालन गरिने बताएका छन्।

नेपाल जेसीजले ढकालको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यस कार्यक्रममार्फत देशभरका युवाहरूमा सकारात्मक सोच, नेतृत्व क्षमता तथा अभिव्यक्ति सीप विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले