दीपकराज जोशीको चुनावी कमान्डः ५०१ सदस्यीय मूल समिति र ६१२ बुथ प्रतिनिधि परिचालन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको पक्षमा चुनावी माहोल निर्माण गर्न ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन समिति गठन गरिएको छ । अभियानलाई व्यवस्थित र परिणाममुखी बनाउने रणनीति अन्तर्गत गठित यो समितिले क्षेत्रगत परिचालन र रणनीति निर्माणको कमान्ड सम्हालेको छ ।

संगठनलाई गाउँ र टोल तहसम्म पु¥याउन क्षेत्रका १५३ वटै मतदान केन्द्रमा प्रति केन्द्र ४ जनाका दरले कुल ६१२ जना थप प्रतिनिधिहरू परिचालन गरिएको छ ।

यी प्रतिनिधिहरूले घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने, चुनाव चिन्ह कैँची मा मतदान गर्ने तरिका सिकाउने र मतदाता शिक्षालाई प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन् । मतदानको दिन मतदातालाई सहज रूपमा केन्द्रसम्म पुग्न सहयोग गर्ने र प्रत्येक मत सुरक्षित गर्ने उद्देश्यका साथ ‘परिवर्तनका लागि कैँची’ भन्ने सन्देश बोकेर अहिले अभियान घर–घरमा पुगेको छ ।

हाम्रो मुख्य उद्देश्य मतदातालाई सचेत र उत्साहित बनाउँदै प्रत्येक मत सुरक्षित गर्नु हो । व्यवस्थित संरचना र जनताको अभूतपूर्व विश्वासले यसपटक तनहुँ–१ मा परिवर्तन सुनिश्चित रहेको अभियानका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण