शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, खानेपानी लगायतको विषयलाई प्राथमिकता दिन्छुः ढकाल

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ५

नेपाली कम्युनिष्ट पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकालले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, खानेपानी लगायतको विषयलाई प्राथमिकता दिने बताएका छन् । चुनावी अभियान अन्तर्गत मंगलबार व्यास नपा ११ को विभिन्न स्थानमा पुगेका ढकालले तनहुँको भुगोल, यहाँको इतिहाँस, यहाँको सामाजिक रहनसन, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, खानेपानी लगायतको सबै विषयसँग गहिरोसँग जानकार भएको सांसदमा निर्वाचित भएपछि उक्त कामलाई प्राथमिकता दिने बताए ।

ढकालले आफुले जनताको मन र भावना जित्नेगरि काम गर्ने बताए । तनहुँ क्षेत्र नम्बर १ मा साँच्चै जनताको मन जित्नेगरि, जनताको भावनाको कदर हुने गरि काम गर्ने उनको प्रतिबद्धता थियो । जसले यहाँको भुगोल बुझेको हुन्छ, त्यसले मात्रै काम गर्ने ढकालको भनाई थियो ।

तनहुँ जिल्ला भित्र आफुले विगतदेखी नै भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको भन्दै उनले आफ्नो परिचय जिल्लामा भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा पनि भएको बताए । देशको स्वाधिनता र अखण्डताको अहिले खतरामा परेको हुँदा पुनः एकपटक स्वाधिनता र अखण्डताको रक्षाकोलागि लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै ढकालले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वले मात्रै देशको स्वाभिमान र अखण्डताको रक्षा गर्ने बताए ।

भ्रष्टाचार र विसंगतीको अन्त्यसँगै देशभित्रै रोजगारीको सिर्जना हुनुपर्ने र कोही पनि रोगजारीकोलागि बिदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले त्यो विषय आफ्नो मुख्य एजेण्डा भएको बताए । सो चुनावी अभियानमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिबहादुर चुमान लगायत नेताहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण